काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार दुई खेल हुँदै छन्।
आज कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुने तालिका छ।
पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमान्डु गुर्खाजको हुनेछ। काठमान्डु र कर्णाली पहिलो जितको लक्ष्यमा छन्।
दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स खेल्नेछ। विराटनगरले पनि अहिलेसम्म जित निकाल्न सकेको छैन।
दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
पहिलो खेल बिहान ९:१५ बजे र दोस्रो खेल दिउँसो १:१५ बजे सुरु हुनेछ।


