काठमाडौँ- एनपीएल अन्तर्गत बुधबार भएको खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा परेको कर्णालीले ५ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १४९ रनको योगफल तयार पारेको हो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीका शिखर धवनले ७२ रन जोडेपछि राम्रो स्कोरको लक्ष्य दिन टिम सफल भएको हो।
५१ बलमा ४ चौका र ५ छक्कासहित शिखरले नटआउट रहँदै ७२ रन बनाएका हुन्। कर्णालीका चाडविक बाल्टनले २१ रन बनाए।
बाबर हयातले १३, गुल्सन झाले १२ र जिसान मक्सुदले १४ रन जोडेका थिए।
बलिङतर्फ काठमाडौँका जिरार्ड इरास्मसले २ विकेट लए। करण केसी,नाथन सटर र दीपेश कँणेलले समान एकएक विकेट लिए।
कर्णाली यसअघि जनकपुर बोल्टससँग पराजित भएको थियो भने काठमाडौँ टिम चितवनसँग पराजित भएको थियो।


