काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणमा आफ्ना लागि रातारात कार्यकक्ष तयार पार्न लगाएका हुन्।
प्राधिकरणमा खड्काका लागि मात्र होइन, उनका सहयोगीका लागि समेत कार्यकक्ष बनाइएको छ।
आफू र आफ्ना सहयोगीका लागि बनाउन लगाएको कार्यकक्षमा मन्त्री खड्का पुगेका छन्।
प्राधिकरणस्थित आफ्नो कार्यकक्ष पुग्दा मन्त्री खड्काले आफूलाई भव्य स्वागत गरेको देखिने वातावरण बनाएका थिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन चाहेका मन्त्री खड्काले आफू र आफ्ना सहयोगीसमेतका लागि प्राधिकरणमा कार्यालय खडा गरेर घिसिङलाई दबाब दिएको संकेत गरेका छन्।
यस्तै मन्त्री र सहयोगीलाई सिंहदरवारस्थित मन्त्रालयमा कार्यकक्ष हुँदाहुँदै प्राधिकरणमा पनि कार्यकक्ष खडा गरेर राज्यको सम्पत्ति/खर्चमा रजाइँ गरेको आरोप लाग्न थालेको छ।








तस्बिर : नेपाल फोटो लाइब्रेरी


