काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको हुँदैछ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुने खेलमा सुदूरपश्चिमले अपराजित जनकपुरको सामना गर्दैछ।
जनकपुरको टिममा आशिफ शेख छन्। सुदूरपश्चिममा उनका दाजु आरिफ शेख छन्। दाजुभाइ पहिलोपटक एनपीएल मैदानमा भेट हुन लागेका हुन्।
जनकपुरले खेलेका चारै खेल आफ्नो पक्षमा पारेको छ। सुदूरपश्चिम चारमध्ये एक खेलमा पराजित छ। बाँकी तीन खेलमा उसको जित छ।
जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेल पनि आठै विकेटले कर्णालीलाई हराएको थियो। तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गर्यो।
जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सविरूद्ध संघर्षपूर्ण जित निकाल्यो।
तीन खेलमा सहज नतिजा निकालेको सुदूरपश्चिम ती एक खेलमा पराजित छ।
विराटनगरविरूद्ध ९० रनको जित, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको यो टिमले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो।
चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित हुन पुगेको थियो।
सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी र जनकपुरमा आशिफ शेख मार्की खेलाडी छन्।
बुधबारै हुने अर्को खेलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।


