नेपाल प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ड्सलाई सुदूरपश्चिम रोयल्सले १२४ रनको टार्गेट दिएको छ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई/दुई तथा हर्श ठाकरले एक विकेट लिए ।


