काठमाडौँ- सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमा समेटिएको छ।
एनपीएलमा जनकपुरले पहिलो हार व्यहोर्दा सुदूरपश्चिमले ७२ रनको जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि जोसुआ ट्रम्पले १३ रन बनाउनु सर्वाधिक रह्यो। उनले मात्र दोहोरो स्कोरमा रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले २-२ विकेट लिए। त्यस्तै स्कट कुगलिङ्ग, नरेन साउद र साइफ जैबले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।
५ खेलमध्ये ४ खेल जितेर ८ अंकका साथ नेट रन रेटका आधारमा सुदूरपश्चिम नेपाल प्रिमियर लिग अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
५ खेलमध्ये ४ खेल जितेर ८ अंक नै बनाएको जनकपुर नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। बुधबार भएको खेलमा जनकपुरलाई ७२ रनले पराजित गरेर सुदूर शीर्षमा उक्लिएको हो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी




















