काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ। पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ।
लिगबाट बाहिरिसकेको लुम्बिनी लायन्सले अन्तिम खेलमा कर्णालीविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। मैदानमा अत्यधिक चिसोका कारण स्टाफले शीत सफा गर्नु परेको थियो। लुम्बिनी प्रतियोगितामा दोस्रो जितको खोजीमा छ।
प्लेअफको बलियो सम्भावना बोकेको कर्णालीलाई पनि जितका लागि सक्दो प्रयासमा हुनेछ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समय पछि सुरु हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै कर्णालीले पहिले ब्याटिङ गर्दैछ।
कर्णाली याक्सको प्लेइङ ११:
देव खनाल, बाबर हायत, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिस सिंह ठकुरी
लुम्बिनी लायन्स प्लेइङ ११:
आशुतोष घिरैया,अर्जुन साउद, उन्मुक्त चन्द, रोहित पौडेल, टम मुर्स, सन्दिप जोरा, विवेक यादव, विकास आग्री, अभिशेष गौतम, तिलक भण्डारी, रामोन सिमोण्ड्स
उता विराटनगर बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछि आजको खेल पनि जित्नै पर्ने दबाबमा छ। बिहीवारको हारले विराटनगरको प्लेअफ सम्भावनामा ठूलो धक्का पुगेको छ भने अब झिनो आशा मात्र बाँकी छ।
अन्तिम दुई खेल बाँकी रहँदा २ अङ्क मात्र रहेको विराटनगरको प्लेअफ सम्भावना अन्य टिमसँग फराकिलो जितले मात्र सुनिश्चित गर्नेछ। विराटनगरले अन्तिम खेलमा काठमान्डुसँग खेल्नेछ।
चितवनले भने ६ अङ्क बनाएको छ। विराटनगरलाई हराएमा उसले प्लेअफमा आफ्नो सम्भावना बलियो बनाउने छ। यस्तोमा विराटनगरसँग हारेमा अन्तिम खेल जनकपुरसँग खेल्नेछ। त्यसैले बलियो जनकपुर भन्दा अगाडीनै केही सुरक्षित हुनका लागि बिराटनगरलाई हराउने लक्ष्यमा चितवन रहने छ।
चितवनको टोली:
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, बिपिन रावल, दिपक बोहरा,अमर रौटेला, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाउद्दीन खान, नरबहादुर सार्की, रभी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), लुक बेन्केन्स्टाइन (इंग्ल्यान्ड) जन निकोल लोफ्टाइ-इटन (नामिबिया), सोहेल तन्वीर (पाकिस्तान)
विराटनगरको टोली:
सन्दीप लामिछाने (कप्तान), प्रतिश जिसी, लोकेश बम, बसिर अह्मद, जितेन्द्र मुखिया, मिर्नल गुरुङ, नरेन भट्ट, सुवास भण्डारी, अनिल खरेल, दिपक बोहरा, राजेश पुलामी, कमल खत्री, मार्टिन गुप्टिल (न्युजिल्यान्ड), निकोलस किर्टन (क्यानडा), अकिब इलियस (ओमान), इस्मत अलाम (अफगानिस्तान), स्कट एडवार्ड (नेदरल्यान्ड्स)


