काठमाडौँ– क्रिकेटका हस्ती मानिने ब्रायन लारा नेपाल आइपुगेका छन्। शुक्रबार बिहान उनी काठमाडौँ अवतरण गरेका हुन्।
वेस्ट इन्डिजका खेलाडी लाराले टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाएर कीर्तिमान बनाएका छन्।
५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन्।
यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिएका थिए।
त्यही बेला उनले आफू नेपाल आउन चाहेको बताएका थिए।
नेपाल विश्वकपमा छनोट भएपछि उनले नेपाली टोलीको प्रशंसा गरेका थिए।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झन्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडीआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।
उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफीसमेत जितेका छन्।
उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन्।




