२०८३ कार्तिक १३ गते बिहिबार

म्यानचेस्टर डर्बीमा युनाइटेडको रोमाञ्चक जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
city-v-united

काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ।

सिटी अफ म्यान्चेस्टर स्टेडियम (एटिहाद) मा भएको खेलमा युनाइटेडका अमाद डायलोले ९०औ‍ँ मिनेटमा निर्णायक गोल गर्दै टिमलाई २–१ को रोमाञ्चक जित दिलाएका हुन्। चार पटकको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले ३६औँ मिनेटमा जोस्को ग्वार्डिओलको हेड गोलमार्फत अग्रता बनाएको थियो।

युनाइटेडले अन्तिम दुई मिनेटमा जादुमयी प्रदर्शन गरेको थियो। ८८औँ मिनेटमा म्याथियस नुनेसको अन्डरहिट ब्याकपासबाट डायलोले मौका पाएका थिए। नुनेसले आफ्नै डी-बक्सभित्र डायलोलाई चुनौती दिएपछि रेफ्री एन्थोनी टेलरले पेनाल्टी दिए। ब्रुनो फर्नान्डिसले पेनाल्टीमा कुनै गल्ती नगरी बराबरी गोल फर्काए। थप समयमा लिसान्द्रो मार्टिनेजको लामो पासलाई सदुपयोग गर्दै डायलोले सानदार गोल गरेर युनाइटेडको जित सुनिश्चित गरे।

युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमका लागि यो डर्बी जित विशेष रह्यो। ‘यो कठिन खेल थियो, तर हामी अन्त्यसम्म विश्वास गरिरह्यौं। यो जित हाम्रा सर्थकहरूका लागि निकै महत्त्वपूर्ण छ,’ उनले भनेका छन्।

११ खेलमा मात्र एक जित र आठ हार भोग्दै आएको युनाइटेडका लागि यो डर्बी जितले पुनरुत्थानको संकेत दिएको छ। अंकतालिकामा युनाइटेड २२ अंकका साथ १३औँ स्थानमा छ भने सिटी पाँचौँ स्थानमा छ।

प्रकाशित: २०८१ पुस १ गते सोमबार ०८:३१
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना