काठमाडौँ- सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएका छन्।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समीकरण तयार भएको हो।
यस्तै चितवन राइनोज र कर्णाली याक्स चाहिँ एलिमिनेटरमा भेट्ने भएका छन्।
लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ।
जनकपुर १० अंक जोडेर दोस्रो स्थानमा छ। सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो।
चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ।
