काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएर विवादित बनेकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
काठमाडौं प्रहरी परिसरका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ।
यद्यपि महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छन्।
यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो।


