काठमाडौँ – भक्तपुर नगरपालिकामा बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका वडा नम्बर–२ मा गएराति ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्रको हत्या गरेका प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ।
उनीहरू अछामको कमलनगर नगरपालिका–६ घर भई भक्तपुर बस्दै आएका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार हत्यामा संलग्न दीप बहादुरलाई पक्राउ गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


