२०८३ कार्तिक ११ गते मङ्गलबार

आर्मी भर्सेस् थ्रीस्टारमा लाकेनको गोलचर्चा

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, जेठ २
lokenLimbu

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा छैनन् थ्रीस्टार र त्रिभुवन आर्मी क्लब। यद्यपि अंक तालिकाको माथिल्लो स्थानमा पर्नका लागि यी दुई टिमबीच प्रतिस्पर्धा जारी छ। मंगलबारको खेल सुरु हुनुभन्दा अघि आर्मी थ्रीस्टारभन्दा एक अंक र एक स्थान पछि थियो।

मंगलबारको खेलमा थ्रीस्टारभन्दा आर्मीलाई जितको धेरै आवश्यकता भएको देखिन्थ्यो। किनभने उसले पटक पटक थ्रीस्टारको डिफेन्स चिर्ने काम गरिरह्यो। र दबाब दिइरह्यो। ‘हामीले दोस्रो लेगबाट नयाँ प्रयोग गरिरहेका छौं। त्यसको मद्दतमा तीन अंक लिने भने आएका थियौँ,’ खेलपछि आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भने।

जितको लक्ष्य राखेको आर्मीविरुद्ध पहिलो गोल थ्रीस्टारका लाकेन लिम्बूले गरे। उनले गोल गर्न आर्मीको डिफेन्ससम्म जानै परेन। मैदानको सेन्टर नजिकैबाट गरेको लामो प्रहार सिधै पोस्टभित्र छिरेको थियो। आर्मीको अट्याकमा रहेको बल खोसेर उनले प्रहार गर्दा गोलकिपर विकेश कुथु अघि बढिसकेका थिए। ‘लाकेनले गोलकिपरको गल्तीलाई प्रयोग गर्यो। निकै प्रभावसली र पोटेन्सियल भएको खेलाडी जस्तो लाग्छ आज पनि उनले हेरेर गोल गरेका छन्,’ तामाङले आफैंविरुद्धको गोलबारे भने।

लाकेनको त्यो गोल धेरैलाई मन परेको थियो। थ्रीस्टारका प्रशिक्षक मेघराजे केसीले पनि उक्त गोलको बयान गरे। ‘त्यो, उत्कृष्ट गोल थियो। फुटबलरको ब्रेनमा फुटबलबारे एकैपटकमा १० हजार कुरा हुन्छन्। छोटो समयमा त्यसलाई क्याच गर्ने नै सफल हुन्छ। एकपटक विकेसको बचाउमा पनि त्यस्तो सेन्स देखियो। अनि, आज लाकेनले गरेकोजस्तो गोल कमै हेर्न पाइन्छ। लाकेन एक प्रकारको ट्यालेन्ट भएको खेलाडी पनि हो। प्रगति गर्दै रहेको छ,’ प्रशिक्षक केसीले भने।

पछिल्ला ६ खेलमा जित निकाल्न नसकेको थ्रीस्टारले अग्रता बनाए पनि त्यसलाई बचाउन भने सकेन। ८५औँ मिनेटमा दिनेश हेन्जनले हेडरबाट गोल गरेपछि खेल बराबरीमा पुग्यो। दिनेशलाई गोलका लागि सुदिल राईले पास उपलब्ध गराएका थिए। यससँगै खेल १–१ को बराबरी भयो र दुवै टिमले समान एकएक अंक बाँडे।

आर्मी भर्सेस् थ्रीस्टारको खेल।

‘आजसमेत गरेर सात खेलमा जित निकालेको छैन। पाँच बराबरी भएको हो,’ नतिजाबारे असन्तुष्ट देखिएका प्रशिक्षक केसीले भने, ‘हामी तीन अंक ल्याउनेकै लागि खेलेको हो। हाम्रो केही मिस पनि भयो।’ त्यति मात्र होइन, उसले पछिल्ला सात खेलमा चार गोल मात्र गर्न सफल भएको छ।

त्यसो त, पहिलो हाफबाटै आर्मीले दबाब बनाएको थियो। सहायक प्रशिक्षक राजुका अनुसार पनि आज आर्मीले जितको लक्ष्य राखेको थियो। छैटौं मिनेटमा दिनेश हेन्जनको पास पाएका कमल थापाले पोस्टबाहिर प्रहार गरे। आठौं मिनेटमा जगजित श्रेष्ठको पास गोलकिपर विकेश कुथुले क्लियर गरे। १९औं मिनेटमा जिलेस्पीजंग कार्कीले बायाँबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरियो।

२६औं मिनेटमा नवयुग श्रेष्ठ बलसँग जोडिन नसक्दा दिनेशको क्रस खेर गएको थियो। त्यस्तै, जिलेस्पीले ३७औं मिनेटमा गरेको प्रहार पनि गोलकिपरसम्म पुगेर रोकियो। पिटर सेगुन, विक्रम लामाजस्ता खेलाडीको डिफेन्स्लाई आर्मीले पटक पटक चिरिरहेको थियो।

‘अग्रपंक्तिका खेलाडीले अपेक्षाअनुसारको खेल्न सकेनन्। हामीले जति अवसर बनाउन सक्ने थियौँ त्यसरी बनाउन सकिएन,’ खेलपछि प्रशिक्षक तामाङले भने, ‘हामीसँग त डिफेन्समा पनि समस्या छ। अलिअलि कार्कीले कभर गरिरहेका छन्। हाम्रो जिलेस्पीले राम्रो गरिरहेको छ। उसले कहिले राम्रो, कहिले ठिकै मात्र प्रदर्शन गरिरहेको देखिन्छ। सबैले लगातार उस्तै प्रदर्शन गर्न सकिरहेको छैन। नयाँमा चाहिँ दिनेश हेन्जन राम्रो देखिइरेको छ।’

दोस्रो हाफमा आर्मीले पाएको फ्रि किकमा भने पिटरले निकै चलाखीपूर्ण क्लियर गरे। तर खेलको अन्तिम ५ मिनेट र थपिएको पाँच मिनेटमा थ्रिस्टारविरुद्ध आर्मीले थप गोलका लाथि निकै उत्कृष्ट प्रहार गरे पनि सफल हुन सकेन। यसक्रममा नवयुग, सुदिललगायतले गरेको प्रहार गोल हुन सकेन।

‘खेल लगतार भइरहेको छ। दुई दिन रेस्टले पुगेको छैन,’ तामङ विगतमा भनिरहेको कुरा फेरी एकपटक भने, ‘लगातार छ खेलमा जित निकाल्न नसक्दा दबाब पनि छ। हामी त उपाधि जित्ने लक्ष्य राखेको टिम हो। तर नतिजा हेर्दा त्यो मेनटेन गर्न सकेको छैन। शीर्ष तीनमा फिनिस गर्न सक्छौं भन्ने लागेको छ।’

यता थ्रिस्टारले भने बीचमा खेलेर दबाब दिइरहेको थियो। मार्टिन र आयुष श्रेष्ठले केही प्रहार गरे। औषत सुरुआत गरेको थ्रिस्टारको लागि ३० औं मिनेटमा आयुषले गरेको प्रहार गोलकिपरले रोकेका थिए। अजयी मार्टिनले गरेको प्रहार भने आर्मीका सेन्ट्रल डिफेन्डरले क्लियर गरिदिए।

‘मार्टिनको प्रहार गोल भएको भए सजिलो हुन्थ्यो। हाम्रोमा युवा खेलाडी धेरै नै छन्। हामीले ४–२–३–१ को प्ले सफल बनाएर अघि बढेको हो तर भनेजस्तो भएन। स्केरमा चुकिरहेका छौं,’ प्रशिक्षक केसीले भने। थ्रिस्टारले नियमित खेल्ने गरेको भने ४–३–३ को फर्मेसनमा हो। पहिलो हाफमा आर्मीले दबाब बनाउँदै गएपछि प्रशिक्षक मेघराजे केसीले ट्याक्टिकल चेन्ज गरे। त्यसपछि मैदान पसेका हुन सन्नी ब्यन्जनकार र सिफामन्धला सेलो माथेन्ज्वा। तर उनीहरुले पनि खेलमा खास प्रभाव जमाउन भने सकेनन्।

खेल सकिनुभन्दा सात मिनेटअघि मात्र छ यार्ड बक्स भित्रबाट मार्टिनले गरेको प्रहार विकेशले मुश्किलले बचाएका थिए। केसीका अनुसार पछिल्ला छ खेलमा खेलाडीले २५ वटाजति गोल मिस गरेका छन्। ‘हामीसँग अप्सन पनि धेरै छैन। नेपाली खेलाडी पनि धेरै छैन। तर यि नतिजामा खास चित्त दुखाई पनि छैन। टिमको स्तर पनि बुझिरहेका छौं। उपाधि जित्ने योजना पनि त थिएन। तर बीचमा राम्रो गर्दै गएपछि मौका आएको त हो, तर जितको शृंखला कायम राख्न सकिएन,’ पहिलो लेगको दौरान लिगलिडर हुँदाको क्षण सम्भिँदै भने।

के अहिले दबाब छ त? प्रश्नमा केसीको जवाफ छ, ‘दबाब चाहिँ छैन। जतिसक्दा राम्रो गर्ने भन्ने लक्ष्य बनाएको हो। हामीले टिम कसरी बनाएको भन्ने पनि त थाहा छ नि। दबाब चाहीँ छैन। तलकोले भेट्ने हो कि भन्ने मात्र हो। दबाब त छैन।’

पछिल्लो समय ए डिभिजन लिगमा दर्शक कम आएपछि चर्चाको विषय बनेको छ। सहायक प्रशिक्षक राजु तामाङले समर्थक र खेलाडीको नजिकको सम्बन्ध रहने र यसले खेलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्। उनले भने, ‘मैले खेल्दा धेरै दर्शक हुन्थे। हामीलाई खेल्न मोटिभेट हुन्ट। खेलाडी राम्रो देखिएको छ। समर्थकबाट सहयोग आइरहेको छैन। यसले खेलाडीको प्रदर्शनमा असर भने गरिरहेको छ।’

प्रकाशित: २०८० जेठ २ गते मङ्गलबार ०९:०१
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना