२०८३ कार्तिक १९ गते बुधबार

कुश्मामा नगरप्रमुख रोजगार कार्यक्रम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
Kushma

पर्वत- बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्नका लागि पर्वतको कुश्मा नगरपालिकामा नगरप्रमुख रोजगार कार्यक्रम सुरू गरिएको छ। नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको लामो समयपछि त्यस्तै प्रकृतिको कार्यक्रम कुश्मा नगरपालिकाले सुरू गरेको हो।

नगरभित्रका बेरोजगार युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न तथा आयआर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण, कृषि, अध्ययन, अनुसन्धानलगायत विविध क्षेत्रहरूमा संलग्न गराई बेरोजगारी र शैक्षिक बेरोजगारीको समेत समस्या समाधानमा योगदान पुर्याउन नगरप्रमुख रोजगार कार्यक्रम सुुरू गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए।

कार्यक्रममा आबद्ध भई रोजगारीको लाभ लिनका लागि नगरप्रमुख रामचन्द्र जोशीले नगरवासीलाई अनुरोध गर्नुभएको छ। बेरोजगार भएर बसिरहेका इच्छुक युवायुवती वा काम गर्न सक्ने जुनसुकै उमेर समूहका नागरिकले आफ्नो सीप र दक्षताअनुसारको रोजगारी माग गर्न सकिने उनले बताए।

विभिन्न आयोजनाका क्षेत्रहरूमा रोजगारी सृजना गर्ने दिगो उत्पादनमा आधारित सामूहिक र एकीकृत खेती, जलचक्र, खानेपानी संरक्षण तथा व्यवस्थापन गरी रोजगारी सृजना हुने कार्यक्रम, जलवायु तापक्रम, मानव उत्पन्न प्रकोप व्यवस्थापन तथा न्यूनीकरणका क्षेत्र, ताल तलैया, जलाशय निर्माण तथा रिचार्ज पोखरी मर्मत तथा संरक्षणका क्षेत्रमा जनशक्ति परिचालन गरिने भएको छ।

यसैगरी, खेलकुद प्रवर्द्धन र पूर्वाधार निर्माण, शिक्षा, तालिम, जनचेतनामूलक अभियान, रोगारमूलक कृषि तथा पशुपालन, वृक्षरोपण तथा पर्यावरण संरक्षणमा आधारित कृषि, वन विकास, अध्ययन, अनुसन्धान र रणनीतिक सञ्चार एवं पर्यटन प्रवर्द्धन, मर्मत तथा सम्भार, वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केका युवा समूहका नवीन योजना पनि नगरप्रमुख रोजगार कार्यक्रममा समेटिएको छ।

रोजगारीका लागि आफूले चाहेको आयोजना माग गर्दा नगरप्रमुख रोजगार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ को अनुसूची-२ बमोजिमको ढाँचामा माग्नुपर्ने, कम्तीमा एकाघर बाहेकका सात जना उपभोक्ताको समूह बनाई माग गर्नुपर्ने, एक समूहमा आबद्ध भएको व्यक्ति अर्को समूहमा आबद्ध हुन नपाउनेजस्ता प्रावधान राखिएको छ। यो कार्यक्रमले कुनै पनि नागरिक बेरोजगार भएर बस्नु नपर्ने नगरप्रमुख जोशीको विश्वास छ।

प्रकाशित: २०८१ पुस ५ गते शुक्रबार १२:१४
प्रतिक्रिया

थप समाचार

बीमाको पहुँच बढ्दो, ५२.३५ प्रतिशत जनतामा पुग्यो, जीवन बीमालेख जारीमा वृद्धि

२०८३ साउनसम्म बीमाको दायरामा आएको जनसंख्या ५२.३५ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको साउनमा यस्तो जनसंख्या ४९.०८ प्रतिशत थियो।

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना