नवलपुर – पश्चिम नवलपरासीको सुनवल-७ ज्यामिरेमा आज साँझ बस र ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार २२ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। बर्दघाटबाट बुटवलतर्फ आइरहेको लु १ ख ९४६७ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई विपरीत दिशाबाट आएको सुदूरपश्चिम ००१ ख २४४२ नम्बरको ट्रकसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते तीन जनालाई मेडिकल कलेज भैरहवा र तीन जनालाई बुटवल पठाइएको छ। बाँकी १७ जनाको भने देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।
सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।


