सुर्खेत- नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ यरीचोकमा नयाँ शाखा स्थापना गरेको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरी शाखा समुद्घाटन गरेका हुन्।
कार्यक्रममा मुख्यमन्त्री शर्मा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेललगायत उपस्थित थिए। मुख्यमन्त्री शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिए।
कार्यक्रममा पहिलो निक्षेपकर्ता मोतीसीहं भण्डारी र पहिलो बिजनेस पार्टन न्यू बराल किराना पसललाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख विश्वराज भण्डारीले स्वागत मन्तव्य दिएका थिए।
