काठमाडौँ- नेपाल टेलिकमका विभिन्न शुल्क ‘नमस्ते पे’मार्फत् भुक्तानी गरे १० प्रतिशत क्यासब्याक पाइने भएको छ। सोमबार दुवै कम्पनीका प्रतिनिधिले यससम्बन्धी समझदारीमा हस्ताक्षर गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो।
नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमबीच यो सेवाको शुभारम्भ गरियो। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे।
कम्पनीका नयाँ र पुराना दुवै प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न पाउनेछन्। क्यासक्याक वालेटमा नै आउनेछ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरूमा क्युआर मार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको छ।
हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ। यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरूमा समेत विस्तार गरिने छ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ।


