२०८३ कार्तिक ११ गते मङ्गलबार

सिहंदरबारलाई चिठ्ठी

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, पुस १०
krishna_rimal

प्यारो सिंहदरबार!

तिमीलाइ संविधानप्रति जस्तै सम्मान र माया!

ज्युदाँजाग्दालाई कहिले मौखिक त कहिले लिखित गुनासा राख्दाराख्दै वाक्क लागेर, अझ भनूँ, कुनै अर्थपूर्ण नभएर आज तिनीहरू रहने बस्ने ठाउँलाई सम्बोधन गरेर पत्र लेख्ने जमर्को गर्दैछु।

निर्जीव भौतिक वस्तुमा दीर्घस्मृति त हुन्न होला, तर पनि अभिलेखीकरण पक्कै हुन्छ। तिम्रो निर्माणक्रममा बडाहाकिमहरू चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस भनेर रहेछ (सिंहदरवार बनाउन मासको दाल र चाकु प्रयोग भएको बताइन्छ)। यसरी, निर्माणक्रमबाटै यस्तो प्रक्रिया सुरु भएर हो कि किन हो, यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवा प्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्यत छन्।

तिनीहरूका लागि सुखद् कुरा के छ भने अचेल थुक्ने र कुल्चदै हिँड्ने बडाहाकिमहरू त्यसो गर्दैनन्, भाग माग्छन् र पानीमाथिको ओभानो बन्छन्। भित्ताको कान हुने कुरा साँचो हो भने यिनीहरूको घिनलाग्दो साउती सुन्दासुन्दा तिमीलाई भर्खरै जग सारेर अन्तै भागौँ जस्तो हुन्छ होला। तर तिमी पनि यो देशमा आफ्ना मान्छेहरू उप्पलो तहमा नहुँदा तल्लो तहका मान्छेहरूले भोग्नुपर्ने निरिहता भोग्न विवश छौँ। पूर्ण वास्तु र उत्कृष्ट निर्माणशैली प्रयोग गरेर निर्मित तिमीलाई अचेल फोटोमै देख्दा पनि कस्तो-कस्तो लाग्ने बनाउनेहरूलाई कहिलेकाहीँ आफैँ भत्किएर पुरिदिउँ जस्तो लाग्छ होला है!
देशभित्रका सबै खाले परिवर्तनको साक्षी बनेर उभिएको सिंहदरबारलाइ कतिले लुकाएका, ढाँटेका र अदलेबदलेका कुराहरू प्रमाणसहित स्पष्ट पार्ने गरी चिच्याउन मन हुन्छ होला तर के गर्नु भन्नेहरूले भित्ताको कान मात्रै हुन्छ भनिदिए। त्यसैले सबैखाले परिर्वतनका सुल्टा उल्टा सबै आयाम र प्रमाणहरूलाइ आफैँभित्र सुरक्षित राखेर सधैं मौन उभिएको तिमी र आफ्नो कुनै सुरक्षा (आर्थिक र सामाजिक)को प्रत्याभुति नभएका तर तिम्रो सुरक्षामा उभिएका सुरक्षाकर्मी मलाइ अचेल उस्तै–उस्तै लाग्छन्।

तिमी आँफै गाँउमा आउन सक्दैनौ तर तिमी भित्र बसेर निर्माण गरेका योजना र आदेशहरू गाँउसम्म आइपुग्छन्। यसरी खर्च गर्नु यसरी विकास गर्नु भनेर गएको निर्देशनको कसरी खर्च भयो कस्तो विकास भयो भनेर फिर्ती जवाफ वा पृष्ठपोषण कागजमा त पक्कै राम्रो जान्छ होला, तर गाँउ कस्तो छ सुन, आज म भन्छु।

हुन त यी कुरा जमनादेखि हजारौँ जनाले हजारौँ पटक भनेका कुरा हुन्। तर पनि म आफूले भनेर शान्त हुन चाहन्छु। पञ्चायत काल, प्रजातान्त्रिक काल वा संघीय गणतान्त्रिक काल जे भए पनि हाम्रो गाँउमा घाम वितलव तिरबाट नै उदाँउछ। जाती भन्ने हो कि नजाती भनौँ, लगभग हरेक घरलाई छुने गरेर मोटर बाटो पुगेको छ। तिनै सडकको बाटो गरेर चामल र अन्य आवश्यक कुरा दौलोमै पुगेपछि छिमेकीहरू आफ्रनो बढप्पन प्रदर्शन गर्न मात्रै प्रयोग हुन थालेका छन्। अर्को डरलाग्दो कुरा के छ भने त्यही मोटरबाटो हुँदै विस्तारैविस्तारै गाँउ जति सहर छिरिरहेका छन्, बस्तीहरू सुनसान हुन थालेका छन्। यस्मा गाँउको दोष छैन, विकास भनेको मोटर बाटो मात्रै होइन, भनेर बुझ्न नसक्ने विकासवादी सोच यस्को कारण हो।

गाँउमा पहिलाभन्दा विकास भएको छ, पक्की रोड बनेका छन्, पक्की स्कुल छन् अन्य आधारभूत संरचना बनेको बन्यै छन् तर सरकारी स्कुलजस्तो प्रत्येक घरहरू खाली बन्दै आएका छन् र जमिन बाँझो बन्दै गएको छ।

म बस्ने ठाँउ (कुश्मा नगरपालिका-९, राम्दीफाँट) जिल्ला मुकामबाट आधीघण्टाको पैदल यात्रामा पुगिन्छ। जिल्ला मुकामलाई संघियताले उस्तो असर गरेको छैन। आम मान्छेका खास काम मालपोत, जनस्वास्थ्य, अदालत र जिल्ला प्रशाशनकै काम हुन् जुन आज पनि सबै जिल्लाका जिल्लामुकाम मै छन्। तर जिल्ला मुकामको यति नजिक रहेको मेरो गाँउमा एउटा कुनै सानो मात्रै भरपर्दो आधार भेट्न सके आज नै सामूहिक बसाइ सर्ने मनसायमा हरेक बासिन्दा छन्। गाँउमा पहिलाभन्दा विकास भएको छ, पक्की रोड बनेका छन्, पक्की स्कुल छन् अन्य आधारभूत संरचना बनेको बन्यै छन् तर सरकारी स्कुलजस्तो प्रत्येक घरहरू खाली बन्दै आएका छन् र जमिन बाँझो बन्दै गएको छ। सुविधा प्रयोग गर्न पाउने मानिसको अधिकार त हो, तर समान अधिकारमा पनि छनोटले अर्थ राख्दो रैछ। म पछिका कुनै पनि हुर्काउला सन्नति यहाँ रहन चाहन्नन्। म आफैँ भन्छु – यहाँ नबस। किनभने हामीकहाँ राज्यको स्रोतहरूको सीमित प्रयोग भयो र त्यसको प्रत्यक्ष अप्रत्यक्ष लाभ एकदम सीमित वर्गको हातमा रहिरह्यो, नराम्रोसँग निचोरिएर। त्यसैले यहाँ नबस भन्नु राज्यद्रोह हैन, विवशता हो डरलाग्दो यथार्थ हो।

यता फिल्ममा देखाए जस्तो श्रीमतीले विदेश हिँडेका श्रीमानलाई ढोकामा उभिएर रुँदै नजानुस् भन्न पाउदैनन्। बरु आफ्नो तिलहरी र स्वंयवरको औँठी बेचेर पासर्पोट बनाइदिन्छन्। मुटुमाथि ढुंगा राखेर भन्छन्– ‘बुबाआमा र छोराछोरी म हेर्छु। तपाई विदेश जानू।’ योभित्र लुकेका आँसु, राज्यप्रतिको घृणा र आक्रोश बुझ्न तिमी हाम्रो गाँउसम्म आउन सक्दैनौ। तिमीसम्म खबर पुराउने कागजहरूले सधैँ उन्नतिको विवरण मात्र भरी पठाउँछन्। केही दीपकराजहरूलाई बाहेक यो कुरा कसैको पक्षमा छैन।

यता महिलाहरूको जिन्दगी जिन्दगी नै होइन। त्यहाँ बनेका महिला विकासका परियोजना र उन्नति विवरण देखेर तिमी दंग नपर्नू। न जन्मघर न कर्मघर, आफूसँग भएको पाठेघर लिएर जिउन बाध्य यिनीहरूले खाडी र युरोपका साहूहरूका स्याहारसुसारका लागि पृथ्वीको यति लामो वा टाढाको भौतिक दूरिमा बच्चा जन्माइदिएका छन् र हुर्काइदिएका छन्। आफ्ना सन्ततिको भविष्य राम्रो बनोस् भनेर आफ्नो भविष्यलाई अनिश्चिततामा राखेर आफ्ना सन्तति बाहिर पठाउन विवश बुढाबुढीका आसु देख्न नपर्ने तिमी एक मानेमा भाग्यमानी हौ।

मैले यसो भन्दा तिमीलाई लाग्दो हो, हैन त्यहाँ बस्ने यतिका धेरै नागरिकको नागरिकता नम्बर त मसंग नै सुरक्षित छ त। कुरा ठिकै पनि हो, यहाँ नागरिकता नम्बर प्रशस्तै छन् तर नागरिक छैनन्। यो नागरिक नागरिकता राजनैतिक शब्द हो। म तिमीलाई सामाजिक तवरले भन्दै छु। मेरो गाँउमा मान्छे नै छैनन्। यस्तो बेला तिमी मान्छे कायम हुनुको नम्बर लिएर मान्छे हुनु नहुनुको खुसी र पीडा बुझ्न गाउँ नै आउनु पर्छ, जुन तिमी सक्दैनौ। यो देश पुरै गाँउ नै गाँउको देश हो र यो कथा अहिले हरेक गाँउको कथा हो। अलिअलि देखिएको गाँउको विकास मलाई हामीले प्रयोग गर्ने आइफोन जस्तै लाग्छ जुन हामीले हाम्रो क्षमताले प्रयोग गरेका होइनौ। हाम्रा शुभचिन्तकहरूले उपहारमा बक्सेको सुविधा हो। मैले भनेको यो कुरा बुझ्यौ होला। देशभित्रको सबै आम्दानीले देशभित्रको प्रशासनिक खर्च धान्न नसक्ने नसक्ने गरी तिमीभित्र बस्नेहरूले संरचना तय गरे। शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मौलिक अधिकार कसरी दिवा स्वप्ना बने? अचेल मलाई डर के लागेको छ भने द्वन्द्वकालमा ठुला सहर र जिल्ला सदरमुकाम आसपासमा मात्र सरकार (देश) हुन्थ्यो। त्यसैगरी अबका १० वर्षपछि रहलपहल मान्छेहरू ठुला शहर र जिल्ला सदरमुकाम आसपासमा मात्र भेटिनेछन्। त्यतिबेला गाँउ बसिदिने मान्छे मान्छे किन्नुपर्ने दिन आउने छ।

देश यस्तो हुनुमा दूरदराजमा खेती गरेर खाने किसान, गाउँगाउँमा गएर शिक्षा दिने शिक्षक, दुःख पूर्वक सेवाप्रवाह गर्ने कर्मचारी र मधुरै सही आशा देखाउने स्थानीय नेतृत्व कोही पनि दाषी छैनन्। सबै दोष तिमीभित्र बस्ने छानिएका भनिने (कर्मचारी) र चुनिएका भनिने (नेतृत्वकर्ता) हुन्। यी छानिएका र चुनिएकाहरूलाई श्री पशुपतिनाथले बुद्धि हालिदिउन्।

तिमीप्रति कोही बेखुस छैनन् सिंहदरबार! किनभने तिमीले नै दिएको नागरिकता र राहदानीमा आफ्नो पहिचान र परिचय बोकेर जहाज चढनेहरूले बुबाआमा र परिवारको खुसी र सन्ततिको उज्यालो भविष्यको आशा देखेका छन्। नत्र त यो देशभित्र गहिरो निराशाबाहेक अरु छँदै छैन। तर तिमीले थाहा पाउनुपर्ने कुरा के छ भने यी छानिएका र चुनिएकाप्रति यो देशका नागरिकताधारीहरू भित्र गहिरो असन्तुष्टि चुलिँदै गएको छ। सेनाको बन्दुकको नाल र प्रहरीको साइरन मात्रैले सायद अब तिनीहरूलाई सुरक्षा दिन सक्दैन होला। यो सञ्चित असन्तुष्टि जुन दिन विस्फोट हुन्छ तिमीले फेरि अर्को वितण्डा र विद्रोह देख्नेछौ। जब आफ्नाले आफ्नाविरुद्ध विद्रोह गर्नेछन् त्यो निश्चय नै निरस र बढी हानीकारक हुनेछ। अरु त सबै यस्तै छ। अल्लि ढिलो भए पनि म पनि राहदानीको लागी आउदो आइतबार फारम भर्न जिल्ला प्रशाशन कार्यालय पर्वत जाँदै छु। मेनपावर कम्पनीले चाँडै नै काम सकिदिएछ भने चाँडै नै काठमाडौँ आउछु। बाँकी कुरा त्यहीँ आएको बेला सुनाउँला। हुन त त्यहाँ उभिएका सुरक्षा गार्ड ले दिन्नन् होला। म भद्रकालीको जंगबहादुरको शालिक अगाडि उभिएर फेरि एक पटक तिमीलाई हेर्नेछु। कालो रंगको ज्याकेट र नीलो छात्रेटोपी लाएर उभिनेमध्ये एक म पनि हुँ भनेर बुझिराख्नू।

उही तिम्रो
नागरिकता नम्बरमा कायम भइसकेको मान्छे
कृष्ण रिमाल

प्रकाशित: २०८१ पुस १० गते बुधबार १२:२५
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना