२०८३ कार्तिक १८ गते मङ्गलबार

‘सिमेन्टको मूल्य बढेकाले रानीजमरा सिँचाइ आयोजनाले गति लिन पाएन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १२
ranijamara-sichai

टीकापुर – निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन। आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन्।

नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ। जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ।

नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन्। हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए। उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए।

‘नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ’, ५८ करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको जानकारी दिँदै उनले भने।

निर्माण व्यवसायीले कर्णाली नदी तटबन्धमा लापरवाही गरिरहेको भन्दै सरकारले यथाशीघ्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम द्रुत गतिमा गर्नुपर्नेमा स्थानीय समाजसेवी शेरबहादुर साउदले जोड दिए।

कर्णाली नदीमा समयमै तटबन्ध नगरे आगामी वर्षा याममा हजारौँ बिघा जमिन डुबानमा पर्नेछ। सयौँ घरपरिवार बेघर हुनेछन्। कर्णाली नदीले टीकापुर उद्यान नजिक, कर्णाली सामुदायिक वन र फाँटामा क्षति गर्ने जोखिम छ भने मोहना नदीले खक्रौला नाका नजिक १०५/७ नम्बर पिलर बगाउन बाँकी छ। पथरैया नदीले टीकापुर ७ को डिवीपुर नजिक कटान गरिरहेको छ।

सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए। उनले भने, ‘सञ्चित सामग्रीबाट निर्माण व्यवसायीले काम गरिरहेका छन्। थप सामग्री नपाउँदा समस्या भएको भन्दै व्यवसायीको निवेदन आएको छ।’

समयमा काम नभए बालीलाई पानी चाहिने बेलामा पानी अभाव भन्दै उनले समयमा सामग्री जुटाएर काम नगरे नदी कटानको जोखिम बढ्ने स्वीकार गरे। ‘नदी नियन्त्रणमा करोडौँ खर्च लाग्ने देखिन्छ। नदी नियन्त्रणका लागि लागत अनुमानबारे केन्द्र सरकारलाई जानकारी गराएको तर बजेट अभावमा सबै ठाउँमा काम गर्न सकिएको छैन’, उनले भने।

प्रकाशित: २०८१ पुस १२ गते शुक्रबार ०७:३०
प्रतिक्रिया

थप समाचार

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

रसेल चम्किँदा विराटनगरको दोस्रो जित,उक्लियो पहिलो स्थानमा 

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा अहिले  विराटनगर किंग्सले  जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ। जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले...

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सामान्य अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई बैंकको कारोबार उच्च

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढे पनि यस दिन सेयर कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना