काठमाडौँ- तपाईं काठमाडौं निवासी हुनुहुन्छ? के तपाई डिजिटल माध्यमबाट प्लम्बिङ, विद्युतीय उपकरण मर्मत, इलेक्ट्रिसियन, सफाइ, पेन्टर, किट नियन्त्रक, पालर लगायतका सुविधा घरमा नै खोजिरहनु भएको छ? यदि यस्तो हो भने भेटायोले तपाईंको समस्या समाधान गर्न सक्छ। त्यो पनि सुपथ मूल्यमा।
विगत १ वर्षदेखि भेटायोले आफ्नो अनलाइन फ्लाटफर्म मार्फत यस्ता सेवा सुविधा प्रदान गर्दै आएको छ। यस अवसरमा भेटायोले सेवाग्राहीहरुलाई भनेर विशेष मासिक मर्मत प्याकेज २ हजार ५ सयमा सुरु गरेको छ। कम खर्चिलो र सुविधाजनकरुपमा यस्तो सेवा लिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले निःशुल्क निरीक्षण, नियमित चेकअपको लागि दक्ष जनशक्तिद्वारा सेवा प्रदान पनि उक्त एप मार्फत प्रदान गर्दै आएको छ।
यस एपको सेवा घरायसी प्रयोजनका लागि मात्रै नभई कर्पोरेट हाउस, रेस्टुरेन्ट र होटललाई समेत उपयोगी हुने कम्पनीले दाबी गरेको छ। १ वर्ष सफलताका साथ पूरा गरेको यस कम्पनीले आगामी दिनहरुमा थप सेवा बजारमा ल्याउने तयारी गरिरहेको छ। डिजिटल माध्यमबाट सरल ढंगले गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध बताइएको छ।


