काठमाडौँ- चिनियाँ प्रविधि कम्पनी हुवावेले नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हो।
कार्यक्रममा हुवावे क्लाउडका पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो। गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको कम्पनीले जनाएको छ।
क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरू छन्। प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरू जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र हुवावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरू पनि ल्याएको छ।
प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल बनाउनका लागि आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्ने रहेके छ।साझेदारहरूसँगको सम्बन्ध सुदृढ बनाउन र प्रविधिको पहुँच देशव्यापी रुपमा विस्तार गर्न हुवावेको प्रतिबद्धता रहेको छ। कार्यक्रमको सञ्चालन हुवावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले गरेका थिए।
