काठमाडौँ- नेपालका लागि चिनियाँ कम्पनी रेडमीका मोबाइल फोनको आधिकारिक बिक्रेता ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी-१० मा छुट अफर ल्याएको छ। जेठ २ देखि जेठ १७ सम्मका लागि एक हजार रुपैयाँसम्म छुट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको हो।
रेडमीको मातृ कम्पनी साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले ग्राहकको चाहनालाई सम्बोधन गर्न छुट अफर ल्याइएको जानकारी दिए। ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी रहेको मोबाइलको मूल्य २० हजार तोकिएको छ। यसअघि यसको मूल्य २० हजार ५ सय तोकिएको थियो। यस्तै ६ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी भएको रेडमी-१० को मूल्य २३ हजार तोकिएको छ। यसअघि यसको मूल्य २४ हजार रुपैयाँ तोकिएको थियो।
रेडमी-१० (२०२२) मा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले छ। गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि उपयुक्त हुने डस्प्ले भएको मोबाइलमा मिडिया टेक हेलियो जी-८८ प्रोसेसर जडान गरिएको छ। १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने यो मोबाइलमा ५ हजार एमएएच ब्याट्री छ।
रेडमी-१० पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगमा उपलब्ध छ। देशभरका सबै अधिकृत स्टोर, आधिकारिक खुद्रा बिक्रेता र इ–कमर्स प्लेटफर्महरूमा रेडमी-१० मोबाइल उपलब्ध भएको जानकारी दिइएको छ।


