काठमाडौं – बुधबार राति इतिहाद रंगशालामा स्पेनी क्लब रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
इंग्ल्यान्डमा सम्पन्न सेमीफाइनलको दोस्रो लेगमा बुधबार राति रियल मड्रिडलाई ४–० ले हराउँदै समग्रमा ५–१ को जितसहित सिटी फाइनल पुगेको हो।
यसअघि रियलको मैदानमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो। तर दोस्रो लेगमा भने सिटीले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेर सानदार जित निकाल्यो।
रियलविरुद्ध बेर्नार्डो सिल्भाले खेलको २३ औं मिनेटमा खाता खोलेका थिए। उनले ३७ औं मिनेटमा नै अग्रतालाई दोब्बर बनाए। यता इर्लिङ हाल्यान्डका दुई निकै प्रभावसाली प्रहार गोलकिपर थियाउट कोटुवाले रोकेपछि हाल्यान्डले भने गोल गर्न सकेनन्।
तर दोस्रो हाफमा फ्रि किक बललाई एकान्जी मिलिटाओले आफ्नै पोस्टमा गोल गरेपछि भने रियल तीन गोलले पछि परेको थियो।
खेलको अन्तिम मिनेटमा मैदान टिरेका अल्वारेजले इन्जुरी समयमा गोल गर्दै सिटीलाई ४–० को जित दिलाएका हुन्।
अब सिटीले स्तानबुलमा हुने फाइनलमा उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। मिलान सन् २०१० पछि पहिलो पटक फाइनलमा पुगेहो हो। इन्टरले अहिलेसम्म दुई उपाधि जितिसकेको छ भने सिटीले उपाधि जित्न सकेको छैन्। फाइनल खेल जुन १० मा हुनेछ।


