चार दिनको दौडधुप र सोनिया गान्धीको हस्तक्षेपपछि अन्तमा डीके शिवकुमार राजी भए। सिद्धारमैया कर्नाटकका मुख्यमन्त्री र डीके उपमुख्यमन्त्रीमा बनाउने सहमति भयो। राती अबेर गरी सोनियाले भिडियो कन्फ्रेन्सिङमा कुराकानी गरिन्। यसैपछि हो मुख्यमन्त्री पदका लागि अडिग रहेका डीके शिवकुमार सिद्धारमैयालाई मुख्यमन्त्री मान्न राजी भएका। यसको आधिकारिक घोषणा बिहीबार अध्यक्ष मल्लिकार्जुन खड्गेले गर्ने भएका छन्।
बिहीबार बिहान शिवकुमारले भने, ‘म पार्टीको फर्मुमाला राजी छु। तपाईंहरू अघिल्लो निर्वाचनको विकल्प र जिम्मेवारीहरूका लागि तयार हुनुहोस्। पार्टीको हितलाई ध्यानमा राखेर यो सहमति गर्न म राजी भएको हुँ। सांसद समेत रहेका डीके शिवकुमारका भाई डीके सुरेश आफू पूर्ण रूपमा खुशी नभएको बताए।
कांग्रेसले साँझ ७ बजे बेंगलुरुमा कांग्रेस विधायक दलको बैठक बोलाएको छ। यो बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि पनि सहभागी हुनेछन्। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोह मे २० मा हुने तय भएको छ। बैंगलोरमा हुने समारोहअघि राहुल गान्धी र कांग्रेस अध्यक्ष खड़गेले मुख्यमन्त्री बनाइने सिद्धारमैया र उपमुख्यमन्त्री बनाइने डीके शिवकुमारसँग भेट गर्ने तय भएको छ।
सिद्धारमैया र शिवकुमारले आधाआधा कार्यकाल बाँड्ने सहमति भएको बताइएको छ। पहिले अढाई वर्ष सिद्धारमैया मुख्यमन्त्री न्ने र पछिल्लो अढाई वर्ष डीके मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ।
डीके लोकसभा चुनाव २०२५ पछि मुख्यमन्त्री बन्नेछन्। यद्यपि, अब कर्नाटक कांग्रेसको प्रदेश अध्यक्ष कोन बन्नेछ भन्ने तय भएको छैन।
मान्न तयार थिएनन् डीके
डीके सुरुमा आफू नै मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका थिए। तर बुधबार बिहान डीके उपमुख्यमन्त्रीमा चित्त बुझाउन लागेको विषयमा चर्चा सुरु भयो। कर्नाटक प्रदेश अध्यक्ष र दुई मन्त्रालय आफ्नो पक्षका नेतालाई दिन अर्को पक्ष राजी भएपछि उनी उपमुख्यमन्त्री बन्ने भएको बताइएको थियो।
सिद्धारमैया मुख्यमन्त्री बन्न चाहन्थे। दुई जना मुख्यमन्त्रीका आकांक्षी भएपछि बहस गर्माएको थियो। सिद्धारमैयाले डीकेसँग आफूलाई मुख्यमन्त्री दिनका लागि तीन प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो। तर पनि डीके सहमत भएका थिएनन्।
यो विषयमा डीकेले खड्गेसँग पनि कुराकानी गरे। उनले भने, ‘यदि तपाईँ सिद्धारमैयालाई मुख्यमन्त्री बनाउन चाहनुहुन्छ भने बनाउनुहोस्। म उपमुख्यमन्त्री बन्नेछैन।’

बिहानैदेखि दिल्लीमा लेखिइरहेको कर्नाटक सरकारको स्क्रिप्ट घण्टैपिच्छे परिवर्तन भइरह्यो। डीकेले पार्टी हाईकमाण्डलाई भने, ‘लोकसभाका २० देखि २२ सिट जित्न सकिन्छ।’
डीके-सिद्धाले बिहान खड्गे र राहुल गान्धीसँग बैठक गरेका थिए। तर सहमतिमा पुग्न सकेके थिएन। बैंगलोरमा शपथ ग्रहणका लागि भइरहेको तयारी रोकिएको थियो।
डीके शिवकुमारले मंगलवार बिहान आफू जिम्मेवार व्यक्ति भएकाले पार्टी बनाउने कुरा मुख्य भएको बताएका थिए। ‘हामी १३५ जना छौँ। म जिम्मेवार व्यक्ति हुँ। मबाट धोका हुँदैन। न त ब्ल्याकमेल नै गर्नेछु। हामीले कांग्रेस पार्टी बनायौँ। हामीले यो घर बनायौं। म यसैको एक हिस्सा हुँ,’ उनले थपेका थिए, ‘एउटा आमा आफ्नो बच्चालाई सबै कुरा दिन तयार हुन्छिन्। सोनिया गांधी हाम्रो आदर्श हो। कांग्रेस जोकोहीका लागि परिवारसमान हो। हाम्रो संविधान महत्वपूर्ण छ। हामी सबैको हितको रक्षा गर्नु छ। लोकसभामा २० सिट जित्ना हाम्रो अर्को लक्ष्य हो।’

कर्नाटक सरकार बनाउने फर्मुला लगभग तयार भएको छ। कुरुवा समुदायका सिद्धारमैया मुख्यमन्त्री बन्नेछन्। उनलाई तीन जना उपमुख्यमन्त्रीले सघाउनेछन्। तीनै जना उपमुख्यमन्त्री अलगअलग समुदायका हुनेछन्।
डीके शिवकुमार अब कांग्रेसका नयाँ संकटमोचक बनेका छन्। यसपालिको कर्नाटक चुनावमा कांग्रेसले १३५ सिट जितेको छ। यो जितपछाडिको सबैभन्दा मुख्य अनुहार शिवकुमारकै हो।
दैनिक भाष्करबाट


