२०८३ कार्तिक १८ गते मङ्गलबार

शेरा दरबार प्रकरणमा प्रचण्ड कारवाही भोग्न तयार, गृहमन्त्रीले भने- अनुसन्धान हुँदैछ, तयार रहनू!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
IMG-20250102-WA0060

काठमाडौं- शेरा दरबारको जग्गासम्बन्धी विषयमा दोषी देखिए आफू काबरबाही भोग्न तयार रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन्।

बैठकमा प्रचण्डले राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए। उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरादरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताएका थिए।

‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ। यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्‍यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। दोषीलाई कारबाही गरियोस्,’ उनले भने, ‘सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु। कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कयौं रोपनी जग्गा सरकारको नाममा ल्याइयो। त्यसरी नै शेरा दरबारको पनि भयो भने म सरकारलाई लागि सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु।’

प्रचण्डलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले शेरा दरबारको विषयलाई गम्भीरतापूर्वक लिएको र अनुसन्धान भइरहेको बताएका थिए। उनले कानुन बमोजिम यो प्रकरणमा जोडिएका सबैलाई कारवाही अगाडि बढाउने पनि बताए।

‘शेरा दरबारको जग्गासम्बन्धी विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ। अनुसन्धान हुन्छ। र कानुन बमोजिम कारबाही अगाडि बढ्छ। यदि त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदि गैरकानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ। तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ। सरकारले यसमा गर्नुपर्ने काम गर्छ। धन्यवाद लिन्छ।’

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुंगो लगाउनुपर्ने बताएए।

‘फाइल खोल्दिन्छु’ भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बालाएर कुनकुन काण्डको फाइल खोल्ने हो टुंगो लगाउन सुझाव दिए।

‘यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ। अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ। बरु अर्को एक जना पूर्वप्रधानमन्त्रीलाई चाँहि आमन्त्रित गरेर भएतापनि यही समितिमा बसरे छलफल गरौं,’ उनले भने, ‘भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउँ। फाइल खोल्दीन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ।’

प्रकाशित: २०८१ पुस १८ गते बिहिबार ०५:३१
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना