२०८३ साउन १३ गते बुधबार

गणित र विज्ञान शिक्षक माग गर्दै विद्यार्थीको आन्दोलन, प्रधानाध्यापकलाई कोठामा थुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १९
teacher

भैरहवा – शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।

वार्षिक परीक्षा आउनै लाग्दा समेत ती दुई विषयको शिक्षक नभएकाले विद्यार्थीहरूले आज प्रधानाध्यापकलाई कार्यालयमै केही समय थुनेर गाउँपालिकाविरुद्ध नाराबाजी गरेका थिए।

कक्षा ६, ७ र ८ का विद्यार्थीहरू हाल गणित र विज्ञान विषयको परीक्षा कसरी दिने भन्नेमा चिन्तित छन्। विद्यार्थी लक्ष्मण गुप्ताले परीक्षा नजिकिँदै जाँदा तनाव भएको बताए। ‘विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय सरकारबीच अस्वस्थ राजनीतिको मारमा हामी परेका छौँ’, उनले भने, ‘हामीले अहिलेसम्म जेनतेन स्वअध्ययन गर्दै आएका छौँ, परीक्षा नजिकिँदै गर्दा स्थानीय सरकार शिक्षक पठाउन गम्भीर नभएकाले आन्दोलित हुनुपरेको हो।’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरेका अनुसार शिक्षक रिक्त भएपछि नयाँ नियुक्त गर्न सकिएको छैन। सरुवा भई आउन विज्ञापन गरे पनि शिक्षक ल्याउन नसकिएको हो। ‘सुरुमा एक शिक्षक आउन खोज्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिले फाइल अगाडि बढाएन’, घिमिरेले भने, ‘पछि गङ्गाराम यादवको नाम आए पनि त्यसको फाइल हालसम्म अगाडि बढ्न सकेको छैन।’ उनले पनि राजनीतिक खिचातानीको मारमा विद्यार्थीहरुमा परेको स्विकारे।

उनका अनुसार अब जो शिक्षक आए पनि पाठ्यक्रम पूरा हुन नसक्ने भएकाले विद्यार्थीहरू स्वअध्ययनकै भरमा परीक्षा दिनुपर्नेछ। उक्त विद्यालयका प्रधानाध्यापक जनार्दन यादवले विज्ञान र गणित विषयको उत्तर पुस्तिका जाँच गर्ने शिक्षक नभएको बताए।

‘रामनरेश माध्यमिक विद्यालयबाट एक शिक्षक काज सरुवा भएर आउनुभएको थियो। कात्तिक ६ गतेबाट उहाँ सोही विद्यालय फर्किनुभयो’, प्रअ यादवले भने, ‘उनका सट्टामा आउनुपर्ने शिक्षक नआउँदा सो विषयको अध्यापन अनिश्चित बनेको हो।’

प्रकाशित: २०८१ पुस १९ गते शुक्रबार ०९:४६
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना