काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा बसोबास गर्ने नेपालीको तथ्यांक संकलन भइरहेको बताएका छन्। सांसद प्रभु शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘नेपाली नागरिकता त्यागी विदेशमा बसोबास गरिरहेका नेपाली नागरिक तथ्याङ्क संकलन भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने।
नेपालीले विदेश लगेको मु्द्राका विषयमा नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उनको भनाइ छ। उनले गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड वा मदन आश्रित घट्नाको छानबिन नयाँ शिराबाट हुनुपर्ने उनको भनाइ छ।


