२०८३ कार्तिक ११ गते मङ्गलबार

राष्ट्रपति र प्रधानमन्त्रीभन्दा बढी तलव बुझ्छन् पाकिस्तानका न्यायाधीश

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ ४
Pakistan_supreme_court
पाकिस्तानी सर्वोच्च अदालत।

इस्लामावाद- पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन्। पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशको भन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेस गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले जनाएको छ।

पाकिस्तानमा सबैभन्दा धेरै तलब पाउने व्यक्ति प्रधानन्यायाधीश छन् भने सर्वोच्च अदालतका न्यायाधीशहरू दोस्रो श्रेणीमा छन्। तीन नम्बरमा राष्ट्रपति छन्। सङ्घीय मन्त्री र सचिवकोभन्दा पनि कम तलव प्रधानमन्त्रीले बुझ्ने गरेका छन्।

सार्वजनिक लेखा समितिका अध्यक्ष नुर खानका अनुसार पाकिस्तानी राष्ट्रपतिको पारिश्रमिक पाकिस्तानी ८ लाख ९६ हजार ५५० रुपया छ भने प्रधानमन्त्रीको २ लाख १ हजार ५७४ छ। प्रधानन्यायाधीशले रु १५ लाख २७ हजार ३९९, सर्वोच्च अदालतका न्यायाधीशले १४ लाख ७० हजार सात सय ११ र सङ्घीय मन्त्रीको तलब ३ लाख ३८ हजार एक सय २५ रहेको छ। त्यहाँ सांसदको तलब १ लाख ८८ हजार छ। २२ औँ तहका सरकारी अधिकारीको तलब रु ५ लाख ९१ हजार चार सय ७५ छ।

लेखा समितिले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका अन्य न्यायाधीशले प्राप्त गर्ने भत्ता, अन्य सेवा–सुविधा तथा भत्ताको विवरण माग गरेको द न्युज इन्टरनेसनलले जनाएको छ। सर्वोच्च अदालतले बितेका १० वर्षमा गरेका खर्चबारे जानकारी दिन तथा लेखा परीक्षणका निम्ति समितिमा उपस्थित हुन उक्त अदालतका रजिष्ट्रारलाई दिइएको निर्देशनको अवहेलना भएको समितिका एक सदस्यले बताएका छन्।

समितिको आगामी मङ्गलबार हुने अर्को बैठकमा पनि रजिष्ट्रार अनुपस्थित रहेमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिने चेतावनी दिइएको समाचारमा जनाइएको छ।

प्रकाशित: २०८० जेठ ४ गते बिहिबार ०८:५९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

युद्धविरामपछि पनि भारत-पाक सीमामा ‘गोलाबारी’

इस्लामावाद/नयाँ दिल्ली- आणविक हतियार भएका छिमेकी मुलुक भारत र पाकिस्तानले शनिबार ५ बजे (भारतीय समय)देखि लागू हुने गरी युद्धविराममा सहमति जनाएका थिए। अमेरिकी दबाब र ४ दिनको लडाइँपछि युद्धविराम...

परराष्ट्र भन्छ- पाकिस्तानका नेपालीको सुरक्षामा सरकार सचेत छ

काठमाडौँ- सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार...

पाकिस्तानी सेनाको पोस्टमा टिटिपीको कब्जा, गाडे आफ्नो झण्डा

एजेन्सी - पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ। जहाँ दुवै पक्षले एकअर्कालाई लगातार आक्रमण गरिरहेका छन्। हालै तालिबान लडाकुले अफगानिस्तानको सीमा नाघेर पाकिस्तानी चौकीमा आक्रमण गरेका...

पाकिस्तानी सैन्य चौकीमा आतंकवादीहरूको आक्रमण, १६ सैनिकको मृत्यु

एजेन्सी - पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा शनिबार बिहान आतंककारीहरूले आक्रमण गरेका छन्। जसमा १६ पाकिस्तानी सैनिक मारिएका छन् भने ५ जना घाइते भएका छन्। घटना अफगानिस्तान सीमाबाट...

हसिनाले यसअघि पनि लिएकी थिइन् भारतमा शरण

बंगलादेशमा भड्किएको हिंसात्मक प्रदर्शनकाबीच शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन्। १७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशमा ७६ वर्षीया हसिना सन् २००९ देखि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना