काठमाडौँ – एफ ए कपअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सालफोर्ड सिटीलाई ८-० गोलअन्तरले हराएको छ।
इत्तिहाद स्टेडियममा एफए कपको तेस्रो राउण्डमा साल्फोर्ड सिटीविरुद्ध गोल वर्षा गर्ने क्रममा म्यानचेस्टर सिटीका लागि ह्याट्रिक गर्दै जेम्स म्याकएटीले पेप गार्डिओलालाई आफूले के गर्न सक्छु भन्ने प्रमाणित गरिदिए।
साल्फोर्डमा हुर्केका म्याकएटीले म्यानचेस्टर युनाइटेडको क्लास अफ ९२ लेजेन्ड्सको स्वामित्वमा रहेको क्लबविरुद्ध एकतर्फी खेल्दै कुनै दया देखाएनन्। म्याकएटीलाई जेरेमी डोकुको रोमाञ्चक प्रदर्शनले मद्दत गर्यो, जसले दुई गोल गरे र थप दुई गोलका लागि अवसरसमेत प्रदान गरे।
ज्याक ग्रेलिसले पनि राम्रो प्रदर्शन गरे। उनले १३ महिनापछि सिटीका पेनाल्टीमार्फत लागि गोल गरे। स्ट्राइकर डेभिन एमबामाले भने क्लबको लागि आफ्नो डेब्युमा खेलमै गोल गरे। त्यस्तै निको रेलीले पनि एक गोल गर्न सफल भए।
यता राति नै भएको खेलमा चेल्सीले मोरक्याम्बविरुद्ध भने ५-० गोलअन्तरले हराएको छ।


