काठमाडौँ- सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)२० जना नेताहरू चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। १० दिने चीन भ्रमणका लागि शुक्रबार अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन प्रस्थान गरेका हुन्।
भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरू तथा केन्द्रीय नेताहरू छन्।
काठमाडौँबाट उनीहरू छेन्दुका लागि प्रस्थान गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकरी दिए। उनी पनि भ्रमण टोलीका सदस्य हुन्।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली पनि चीन गएर फर्किएको थियो। प्रतिनिधिमण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङलगायतका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
यस्तै भ्रमणका क्रममा विविध छलफलमा सहभागी हुने कार्यक्रम छ। सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ।


