काठमाडौँ- क्यानडामा एक नेपाली छात्रा सामूहिक बलात्कार भएको छ।
डिसेम्बर २४ मा क्यानडाको ओन्टारियोमा नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको हो।
एनआरएनए क्यानडाका अनुसार ती युवतीलाई उनकै साथीले घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए।
घरमा बोलाएर लट्ठ्याउने औषधि खुवाएर बलात्कार गरेको युवतीले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ।
ती युवती ७ घण्टापछि होसमा आउँदा बेडभर रगतैरगत देखिएको थियो।
पीडित ती छात्राको एनआरएनए क्यानडाले उद्धार गरेर राखेको एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीले जानकारी दिएकी छन्।
बलात्कारका आरोपित युवाका परिवारले नेपालबाट समेत धम्की दिइरहेको उनको भनाइ छ।
ती युवती सन् २०२४ मा क्यानाडा पुगेकी थिइन्। उनका अनुसार गत अक्टोबरमा फेसबुकमा साथी बनेका व्यक्तिले नै बलात्कार गरेका थिए।
तिहारमा भाइटीका लगाइदिएकै व्यक्तिबाट क्रिसमसमा बलात्कारमा भएको पीडित नेपाली छात्राको भनाइ छ।
बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई जमानीमा रिहा भएका छन्।


