वीरगञ्ज (पर्सा)- चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको पेट्रोलियम पदार्य आयात भएको छ।
उक्त रकमको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा सरकारले ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ।
चालु आवको ६ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
चालु आवको ६ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ।
चालु आवको ६ महिनामा रु ८ अर्ब ९ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट रु १ अर्ब १ करोड तथा रु ३६ करोड २० लाख बराबरको ४ हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ।
आव २०८०/८१ को ६ महिनामा रु ८८ अर्ब ७८ करोड बराबरका ५ थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो।
गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व सङ्कलन गरेको थियो।


