काठमाडौँ- आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर राष्ट्रपति रामचन्द्र पौडेल संसदबाट बिदा भएका छन्। उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसास तिमल्सिनालगायतले बिदाइ गरेका थिए।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई सलामी दिइएको थियो। नयाँ बानेश्वरस्थित संसद् भवनमा उनलाई भव्य स्वागतका साथ सलामी दिइयो। राष्ट्रपतिलाई स्वागत गर्न सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहित उच्च पदस्थहरू संसद् भवनबाहिर उपस्थित थिए।
यसअघि साधारण सुरक्षामा नै राष्ट्रपति संसद भवन पुगेका थिए। उनी संसद भवन जाँदा यातायात अवरुद्ध गरिएको थिएन।
तत्कालीन राष्ट्रपति विद्या भण्डारीका पालामा यातायात अवरुद्ध गरिएको विषयमा चर्को आलोचना हुने गरेको थियो।






