काठमाडौँ– डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि १३६५ जना नेपाली निष्काशनमा पर्ने भएका छन्।
अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया सुरु गरेपछि १३६५ जना नेपालीलाई निष्काशन गर्ने भन्दै त्यहाँको अध्यागमन कार्यालयले जानकारी दिएको हो।
अमेरिकाले संसारभरबाट १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई घरफिर्ता गर्ने योजना बनाएको छ।
शपथ ग्रहणलगत्तै ट्रम्पले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकलाई फिर्ता गर्ने योजना बनाइएको छ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन्।
चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन्।
