काठमाडौँ– त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ।
१५८ रनको लक्ष्य पछ्याएको नेपालले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सकेपछि २० रनले पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १५७ रन बनाएको थियो।
नेदरल्याण्ड्सकी रोबिनी रिज्केले अविजित ५९ रन बनाइन्। नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए।
नेपालकी सीता रानामगरले सर्वाधिक २८ रन जोडिन्। कविता जोशीले २७ रन जोड्दा पूजा महतोले २४ रन बनाइन्। रुबिना क्षेत्रीले ११ रन जोडे पनि बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।


