काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत फेला परेका छन्।
शनिबार बिहान सडक पेटीमा अच्युत कलौनी मृत फेला परेका हुन्। उनको शव घोप्टो परेको अवस्था फेला परेको प्रहरीले जनाएको छ।
उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो। उनको घर पनि सोही क्षेत्रमा पर्छ।
उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए। तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ। प्रहरीले अहिले घटनास्थललाई सिल गरेर अनुसन्धान गरिरहेको छ।
