काठमाडौँ- आईएमई इन्डिया प्रालिले भारतको राजधानी नयाँदिल्लीमा नयाँ शाखा विस्तार गरेको छ। नयाँदिल्लीको कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरिएको आईएमईले जानकारी दिएको छ।
जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले सो शाखा उद्घाटन गरेका हुन्। आईएमई इन्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इन्डो-नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ।
शाखा उद्घाटन गर्दै राजदूत डा शंकर प्रसाद शर्माले नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरूलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरमा गर्न मद्दत पुग्ने विश्वास लिएको बताए। सो अवसरमा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए।


