उपराष्ट्रपति निर्वाचनका लागी मतदान जारी छ। मध्यान्न १२ बजेसम्म २१८ संघीय सांसद्ले मतदान गरेका छन्। यस्तै प्रदेशसभाका ३९२ सदस्यले मतदान गरेका छन्। संघीय संसद् र प्रदेशसभाका सदस्य गरी हालसम्म ६१० जनाले मतदान गरेका छन्।
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ।
निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। शुक्रबारै साँझसम्ममा मतदानको परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जानकारी दिएको छ।


