काठमाडौँ- मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैङ्कले मंगलरका लागि निर्धारण गरको विदेशी मुद्राको विनिमय दर अुनसार १ अमेरिकी डलर किन्न १३९ रुपैयाँ ८० पैसा खर्चनुपर्ने भएको छ। राष्ट्र बैंकले १ अमेरिकी डलर बिक्री गर्दा १३९ रुपैयाँ २० पैसा लिनेछ। यो हालसम्मकै उच्च हो।
गत वर्ष फेब्रुअरी ४ मा १ अमेरिकी डलर किन्न रु १३२.९८ खर्चनुपर्थ्यो भने बिक्री गर्दा रु १३८.३८ पाइन्थ्यो।
मंगलबारको विनिमय दरअनुसार १ युरो किन्न १४३ रुपैयाँ १३ पैसा, १ पाउन्ड किन्न १७२ रुपैयाँ, १ अस्ट्रेलियन डलर किन्न रु ८५.८२ र १ सिङ्गापुर डलर किन्न रु १०२.१८ पर्ने भएको छ।
यस्तै, १ चिनियाँ युआन किन्न रु १९.२८, १ साउदी अरेबियन रियाल रु ३७.२७, १ डेनिस क्रोनर किन्नका लागि रु १९.१८ र १ कुवेती दिनार (केडी) किन्न रु ४५२.४ खर्चनुपर्ने राष्ट्र बैंकले अद्यावधिक गरेको सूचीमा उल्लेख छ।


