काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपिएल) को उपाधि शनिबार राति म्यानचेस्टर सिटीले जितेको छ। गएरातिको खेलमा दोस्रो स्थानमा रहेको आर्सनलले हार व्यहोरेपछि सिटीले प्रिमियर लिगको उपाधि सातौं पटक जितेको हो।
गएराति नटिङ्घम फरेस्टले आर्सनललाई हराएपछि सिटीले उपाधि जितेको हो। नटम फरेस्टका घरेलु मैदानमा भएको खेलमा उसले आर्सनललाई १–० ले हराएको थियो।
त्यो हारसँगै लिगमा एकमात्र खेल बाँकी भएको आर्सनलको ८१ अंक रहेको छ। यता दुई खेल बाँकी भएको सिटीको भने ८५ अंक रहेको छ। अब अर्को खेलमा जित निकाले पनि आर्सनलको ८४ अंक मात्र हुनेछ। यसकारण उसले उपाधि जितेको हो। र, यो हारसँगै आर्सनलको उपाधि होड समाप्त भएको छ।
यससँगै सिटीले पछिल्लो ६ वर्षमा पाँच उपाधि जितेको छ। म्यानचेस्ट युनाइटेडले यही सताब्दीको २००६–०७ २००७–०८ र २००८–०९ मा लगातार तीन उपाधि जितेपछि प्रिमियर लिगको उपाधि कुनै क्लबले पहिलो पटक लगातार तीन पटक जितेको हो। अहिले सिटीले लगातार तेस्रो पटक उपाधि जितेको छ।
यता अहिले सिटी एफए कप र च्याम्पियन्स लिगको पनि उपाधिको नजिक रहेको छ। प्रिमियर लिगमा पछिल्लो पटक यसरी सन् १९९९ मा युनाइटेडले ट्रिबल गरेको थियो। यो वर्ष सिटी पनि ट्रिबलको नजिक रहेको छ।
यो सिजनको फुटबल लिग सुरु हुँदै गर्दा म्यान्चेस्टर सिटीले १०० भन्दा धेरै नियम ताडेको भन्दै प्रिमियर लिगले आरोपसहित ठूलो जरिवाना गराएको थियो। तर सिटीले त्यस्ता आरोपहरुको खण्डन गर्दै आइरहेको छ।


