२०८३ कार्तिक १२ गते बुधबार

ओलीको दाबी- शरणार्थी समस्या समाधान गर्न तीन विकल्प दिएको थिएँ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ७
oli_parliament

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शरणार्थी समस्या समाधानका बेला आफूले तीन विकल्प दिएको दाबी गरेका छन्। आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा भएको छलफलमा सहभागी हुँदै ओलीले त्यस्तो दाबी गरेका हुन्।

सन् २००८ बाट शरणार्थी जान थालेको र १ लाख पुगेका दिन होटल सांग्रिलामा अन्तर्राष्ट्रिय समुदायको बैठक भएको र त्यसमा आफू पनि सहभागी हुँदा तीन विकल्प दिएको उनको भनाइ थियो। त्यसबेला प्रधानमन्त्रीका हैसियतमा आफू सहभागी भएको उनको भनाइ थियो।

ओलीका अनुसार भूटानी शरणार्थीको पहिलो हक आफ्नो देश फर्कन पाउने भएको र उक्त कुरा स्थापित गर्न सबैले सहयोग गर्नुपर्ने बताएका थिए। त्यसका लागि दबाब दिनु आफूले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको बताए।

यस्तै दोस्रो विकल्पका रूपमा बाँकी रहेका शरणार्थीहरूलाई पनि तेस्रो देश पठाउने कुरा निरन्तर गर्न उनको सुझाव थियो। त्यति काम गर्दा पनि केही व्यक्ति बाँकी रहे नेपालमा नै बसोबासको व्यवस्था गर्न सकिने भनेर सुझाएको तर त्यसअनुसार काम भने नभएको ओलीको भनाइ थियो।

सन् २०१२ मा दोस्रो पटक संयुक्त प्रमाणीकरण गर्ने भनिएको र त्यही बेला केही मान्छेहरू शरणार्थी बनेर छिरेको कुरा आफूले सुनेको उनको भनाइ थियो। त्यो विषयमा सरकारले छानबिन गर्नुपर्ने उनको माग थियो।

नक्कली शरणार्थी प्रकरणमा सरकारले ढाकछोपको प्रयास गरेको तर त्यस्तो प्रयास सफल हुन नसक्ने बताए। ‘जेठमै उजुरी परेको रहेछ। किन गुपचुप राखियो? त्यसबेलै गिरफ्तार परेका रहेछन्। केस दबाउन छुटाइएका रहेछन्,’ उनले थपे, ‘यो पचाउन सक्ने कुरै होइन। यो भुईचाँलो आयो। यो रोक्न सकिँदैनथ्यो।’

आफू सत्तामा रहँदा कुनै गलत काम नगरेको उनको दाबी छ। ‘मेरो समयमा केही पनि गएको छैन। एउटा समिति बनेछ। अध्ययन गर्न भनेर सामाजिक समितिमा राखेको थिएँ। तर त्यसलाई सरकारले फिर्ता पठाएछ। तर पछि कागज फेरिएछ। माथिको कभर चै उही राखियो। तलका व्यक्तिका नामसूची परिवर्तन गरियो।’

कोही पनि दोषी नछुटुन् भन्ने पक्षमा आफू रहेको भएपनि अहिले निर्दोष फसाउने प्रयास भइरहेको आरोप लगाए। ‘अझ भयावह भएर निसक्न्छ। यो ९७५ जनासंग पैसा उठाइएको छ। यो चानचुने कुरा हो र!’ उनले भने।

प्रकाशित: २०८० जेठ ७ गते आईतबार ०१:३१
प्रतिक्रिया

थप समाचार

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना