२०८३ साउन १३ गते बुधबार

धनगढीमा ड्युटीमै रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ३०
chakku-prayas

धनगढी – कैलालीको धनगढीमा ड्युटीमा रहेको प्रहरीमाथि एक जनाले चक्कु प्रहारको प्रयास गरेका छन्।

मंगलबार राति ८ बजेतिर धनगढीको ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेका युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहारको प्रयास भएको हो।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

प्रहरीका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन ।

केही दिनअघि राजधानीको ठमेलमा पनि प्रहरीमाथि केही युवाले आक्रमण गरेका थिए। आक्रमण गर्ने युवाहरूलाई राजनीतिक संरक्षण भएको भन्दै त्यसको विरोध भइरहेको छ।

प्रकाशित: २०८१ माघ ३० गते बुधबार ०८:३१
प्रतिक्रिया

थप समाचार

कागजी निर्यातले धानेको अर्थतन्त्र: बाहिरको भटमास, नेपालमा प्रशोधन, १ खर्ब २८ अर्बको पुनःनिर्यात

तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी नेपालमा प्रशोधनपछि पुनःनिर्यात हुने यही तेलले नेपालको कुल निर्यातमा करिब ४० प्रतिशत हिस्सा ओगटेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना