इंग्लिस क्लब क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ। क्बलले शुक्रबार भिएरालाई मुख्य प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो। अध्यक्ष स्टेभ पारिसले क्लबलाई प्रिमियर लिगमा टिकाइरहन कठिन निर्णय लिनुपरेको बताएका छन्।
‘यो निकै कठिन निर्णय हो। तर लिगमा हाम्रो स्थिती अनिश्चित बन्दै गयो। लिगमा टिकिरहन परिवर्तन आवश्यक देखियो,’ उनले भनेका छन्, ‘प्याट्रिकले क्लबलाई सबै थोक दिए। हामी उनी र उनको टिमलाई धन्यवाद दिन चाहान्छौं। भविष्यका लागि शुभकामना भन्न चाहान्छौं।’
भिएरा सन् २०२१ को जुलाई ४ मा उनी क्रिटल प्यालेसको प्रशिक्षक बनेका थिए। क्रिटल प्यालेस प्रिमियर लिगमा २७ खेल खेलेर २७ अंक जोड्दै १२औं स्थानमा छ। भिएराको बर्खास्तीपछि क्लबले नयाँ प्रशिक्षकको नियुक्ती प्रक्रिया चलिरहेको जनाएको छ।
