काठमाडौँ- नेपाली महिला टिमकी फुटबलर सावित्रा भण्डारी (साम्बा)लाई भेट्न प्यारापिटबाट नै दर्शक मैदानमा हामफालेका छन्।
प्यारापिटबाट हाम फालेर मैदान छिरेका ती दर्शक घाइते भएका छन्।
बिहीबार साँझ दर्शकले भरिएको घरेलु मैदान दशरथ रंगशालामा नेपाली महिला फुटबल टोलीले लेबनानलाई हराएको छ।
पहिलो हाफको ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार गोलमा परिणत भएको थियो। त्यही गोल निर्णायक बन्दा नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो।
खेलभर लगभग नेपालले हावी भएको थियो।
गोलको अवसर सिर्जना भइरहँदा समर्थकको चर्को हुटिङ हुन्थ्यो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनन, म्यानमार र किर्गिस्तानलाई बोलाएर पहिलोपटक चार देशीय प्रतियोगिता गरेको हो।
यसअघि किर्गिस्तानलाई १–० गोल अन्तरले नेपालले हराउँदा पनि ठूलो संख्यामा दर्शक मैदान पुगेका थिए।
अब म्यानमारसँग नेपालले फाइनलसहित दुई खेल खेल्ने भएको छ।












