प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
शुक्रबार लगानी बोर्डको बैठकपछि उनले १० गतेभित्र सरकारालाई पूर्णता दिने बताएका हुन्। प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने बताउँदै त्यसको चार दिनसम्ममा सरकारलाई पूर्णता दिने बताए।
‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ उनले भने।


