ललितपुर- रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको छ। लगनखेलबाट रथलाई सोमबार कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको हो। वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभसाइतमा ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको हो। यो नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित छ।
नेवारी परम्परा तथा बाजागाजाका साथ लगनखेलबाट रथ तान्दै करिब जावलाखेल पुर्याइएको हो।
रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ। करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।
वि.सं. ५४६ देखि जात्रा शुरु भएको किंवदन्ती छ। यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन्। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।
अक्षय तृतीयादेखि मच्छिन्द्रनाथको रथारोहण गरिन्छ। भगवान मछिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथयात्रा शुरु हुने गरेको छ।
जावलाखेल रथयात्रा







े







