काठमाडौँ– इटालियन गोलरक्षक फुटबलर जिगायनलुइजी बुफन केपी ओली कपको फाइनल हेर्न नेपाल आउने भएका छन्।
उनी १८ गते नेपाल आउने तालिका रहेको आयोजक स्रोतले बताएको छ।
१९ गते हुने केपी ओली कपमा आफू प्रमुख अतिथिको रुपमा नेपाल आउने उनले एक भिडियो मार्फत जानकारी दिएका हुन्।
२००६को विश्वकप विजेता गोलरक्षक बुफनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
सन् १९९८ देखि २०१४ सम्म पाँच वटा विश्वकप खेलेका बुफन केपी ओली कपको मुख्य आकर्षकको रुपमा रहनेछन्। उनले इटालीका लागि ८० खेलमा कप्तानी गरेका छन्।
उनले १९ गते दशरथ रंगशालामा हुने केपी ओलीको कपको फाइनल खेलको अवलोकन गर्नेछन्।


