जनकपुर– संघीय सत्ता गठबन्धनको एक घटक नेपाली कांग्रेस मधेश प्रदेशको सरकारमा पनि सहभागी भएको छ। दुई मन्त्रालय लिएर नेपाली कांग्रेस जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा सहभागी भएको हो।
नेपाली कांग्रेसबाट संसदीय दलका नेतासमेत कृष्णप्रसाद यादव र वीरेन्द्रकुमार सिंह सरकारमा गएका छन्। उनीहरुलाई क्रमश भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्री सरोजकुमार यादवले गरेका छन्। यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन्।
उनीहरू दुवै जनालाई मंगलबार दिउँसो १ बजे शपथ दिलाउने तयारी गरिएको छ। नेपाली कांग्रेस तत्कालका लागि सरकारमा सहभागी भएपनि उसले भागबन्डामा अझै दुई मन्त्रालय माग गर्दै आएको छ। नेपाली कांग्रेसले सभामुखलाई पनि हटाएर आफूले पाएका छन्।
मधेश प्रदेशसभा सभामुखमा अहिले एमालेबाट निर्वाचित भएका रामचन्द्र मण्डल छन्।


