२०८३ साउन १३ गते बुधबार

ओझेलमा ‘सुकौरा’

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ ९
sukaura tharu

तुलसीपुर – तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ। सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ।

त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्।  त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ। तर त्यो पनि अलपत्र छ। नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन। निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ। उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ। त्यहाँ रोपिएको दुबो मरिसकेको छ। त्यही उद्यानमा दङ्गीशरण राजाको सालिक राखिएको छ।  २५ लाख लगातमा त्यहाँ उद्यान र दङ्गीशरण राजाको प्रतिमा निर्माण भएको थियो।

त्यहाँ अहिले पर्यटकको सङ्ख्या पनि शून्य नै छ। ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए। ‘पहिले–पहिले अलिअलि आउँथे’, उनले भने, ‘तर अहिले एक जना पनि आउँदैनन्।’

दङ्गीशरण गाउँपालिका–३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो। चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ। त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए। त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ। पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ।

सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा निकै समस्या परेको उहाँको ठम्याइँ छ।  सबैगरी अहिलेसम्म करिब रु छ–सात करोड बजेट चखौरामा गएको छ। तर सुकौरामा रु एक करोडभन्दा बढी बजेट अहिलेसम्म परेको छैन। अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ।

सुकौराकोटको इतिहास

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ। राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ। सुकौराकोटबाट सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ। त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दङ्गीशरणले सिकार खेल्ने गर्थे।

दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ। दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए।

रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन्। तर प्रहरी प्रशासनले रोक लगाए। तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ। सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन्। बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो। बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो। मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे।

राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए। अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ। त्यस ठाउँमा अहिले पनि ढुङ्गाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ। राजा दङ्गीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ।

पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ। गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ। बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ। पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ। चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन्। बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन्।

विसं १९४२ मा दङ्गीशरण–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ। उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो। सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल  रहेको जनाइएको छ। रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन्। तर प्रहरी प्रशासनले रोक लगाए। तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ।

प्रकाशित: २०८० जेठ ९ गते मङ्गलबार १२:५४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना