दोहा- नेपाली दूतावास कतारका प्रथम सचिव कवि कृशु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभासमाथिको महफिल कतारको दोहास्थित डेजर्ट रोज हलमा सम्पन्न भएको छ।
मुस्लिमहरुको पवित्र महिना रमजानको अवसर पारी नेपाली भाषा र साहित्यमा कलम चलाइरहेका कतारका अनेसास, नवोदित लगायत विभिन्न साहित्यिक संस्थामा आबद्ध लेखक, बुद्धिजीवी तथा मुर्धन्य साहित्यकारको संयुक्त बसाइमा कविता साँझ ‘क्यानभासमा कविता’ सम्पन्न भएको हो।
अरबी भाषाको ‘महफिल’ शब्दको अर्थ “बैठक” भन्ने हुन्छ। महफिल ‘क्यानभासमा कविता’मा सृजना बहस र कविता वाचन गर्ने साहित्यकारहरूमा प्रेम भट्टराई, सुरेश भट्ट आश्रिन, लीलानाथ कश्यप, शोभाराम ओली, सीताराम थापा, सोम थापा, नारायण निर्जल, चक्र कार्की, शिव सुवेदी, मणि पौडेल, श्यामराज रानाभाट, दिलीप पराजुली, पूर्णकान्छा गुरुङ, यादव रेग्मीलगायत थिए।
उनीहरूप्रति लेखक क्षेत्रीले कृतज्ञता व्यक्त गरेका थिए।


